काठमाडौं । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४६.३३ अंकले घटेर २,७७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ९ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सिन्धु विकास र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् । यसदिन राप्ती हाइड्रोका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले गुमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ७.२८ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, सगरमाथा जलविद्युतका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले गुमाएका छन् ।