प्रि ओपन सेसन : करिब साढे १ अंक बढ्यो नेप्से

काठमाडौँ । आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झन्डै साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहिबार  २.७० अंक घटेर २८१८.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४४ अंक बढेर २८१९.८८  विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक बढेको छ।

 आइतबार प्रि ओपन सेसनमा ७६ स्टकको २३० पटकको कारोबारमा १ करोड ४९ लाख ५९ हजार ९७१ रुपैयाँ २० पैसाबराबरको १६ हजार ५१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।