काठमाडौँ । दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्दै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर निष्कासन गर्नेछ। यसका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरिसकेकोले फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
हकप्रद शेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सानिमा बैंकका विभिन्न शाखा, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, र ‘मेरो शेयर’ अनलाइनमार्फत दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई बी प्लस रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको देखाउँछ। हकप्रद शेयरका लागि आवेदन बैशाख ८ गतेसम्म दिन सकिनेछ।