स्वरोजगार लघुवित्तले लाभांश घोषणा गर्‍यो

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।  संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.६२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा १३.८९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाइएको छ।