लगातार बढ्दै सुनको भाउ, आजको कारोबार मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ।