आज यी कम्पनीका लगानीकर्ताले सेयर बजारमा कमाए सबैभन्दा बढी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव १६ अंकले घटेर २,८२१ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर भाउ घटेको छ । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् ।