सुन-चाँदीको भाउमा पुनः वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।