कार्यकाल नसकिँदै ‘फोर्स लिभ’ मा गभर्नर, चैत २२ गते राष्ट्र बैंकबाट बिदाइ

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चैत ५ गतेदेखि अनिवार्य बिदा (‘फोर्स लिभ’) बस्ने भएका छन्। उनको कार्यकाल चैत २४ गते समाप्त हुने भए पनि राष्ट्र बैंकको वार्षिक अनिवार्य १० दिने बिदाअनुसार चैत ५ देखि १५ गतेसम्म बिदा रहनेछन्। साथै, चैत २२ गते राष्ट्र बैंकबाट औपचारिक रूपमा बिदा लिने छन्। चैत २४ गते रामनवमीको सार्वजनिक बिदा परेका कारण उनी त्यसअगावै कार्यालय छोड्ने भएका हुन्।