आज यी कम्पनीका लगानीकर्ताले सेयर बजारमा कमाए सबैभन्दा बढी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ३६ अंकले घटेर २,८४६ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर भाउ बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावरका लगानीकर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका हुन् ।