
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।