७.५% ब्याजदरमा एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुल्यो

काठमाडौं। एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को सार्वजनिक निष्कासन तथा बिक्री खुलाएको छ। बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गरेको हो। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। प्रतिऋणपत्र एक हजार अंकित मूल्य तोकिएको छ।

निष्कासितमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकको सूचनामा उल्लेख छ।

फागुन २१ गतेसम्म बिक्री खुला रहने यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।