आज यी कम्पनीका लगानीकर्ताले सेयर बजारमा कमाए सबैभन्दा बढी

काठमाडौं । लगातार ९ दिन बढेको बजारमा आज भने दोहोरो अंकको करेक्सन देखिएको हो । आज शेयर बजार नेप्से परिसुचक १३ दशमलव ६२ अंकले घटेर २८७६ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७ दशलमव २५ प्रतिशतका दरले कमाएका हुन् ।