
काठमाडौँ । शेयर बजारमा सोमबार करेक्सन आएको छ। लगातार ९ दिन बढेको नेप्से परिसूचक आज १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा बन्द भएको हो।
करेक्सन आएको बजार आज ५ वटा उपसमूह बढेका छन् भने ८ वटा घटेका छन्। सर्वाधिक बढोत्तरी अन्य समूहमा १.६८ प्रतिशत र सर्वाधिक गिरावट होटल तथा पर्यटन समूहमा १.८८ प्रतिशत देखिएको छ।आज बजारमा ५१ कम्पनीको शेयरभाउ बढ्दा १८७ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीः ७३ करोड ४२ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ३६ करोड ३७ लाख रुपैयाँ,एचआईडीसीएलपीः ३४ करोड १९ लाख रुपैयाँ,सिन्धु विकास बैंकः २७ करोड ८२ लाख रुपैयाँ,घलेम्दी हाइड्रोः २७ करोड १७ लाख रुपैयाँ,साहस ऊर्जाः २५ करोड ७९ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ६८ लाख रुपैयाँ,एचआईडीसीएलः २१ करोड ७७ लाख रुपैयाँ,नेपाल रिपब्लिक मिडियाः २० करोड १२ लाख रुपैयाँ।