प्रि ओपन सेसन : करिब १० अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ७५.२४ अंक बढेर २८९०.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.९४ अंक बढेर २९००.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.८३ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ९५ स्टकको २५० पटकको कारोबारमा १ करोड ६० लाख ४३ हजार १४ रुपैयाँ ९० पैसाबराबरको ३० हजार ९४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६२ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।