शेयर बजारमा चमक, नेप्से २९०० नजिक

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव २४ अंकले बढेर २,८९० को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ ।

 आज दिनभरिमा ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंक र दोदीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।