
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३२.२४ अंकले बढेर २,६९५.५५ विन्दुमा पुगेको छ। बजार बढेसँगै नेप्से उपसमूहका १२ वटा समूहले वृद्धि गरेका छन् भने म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले घटेको छ। आज २२२ कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ।
बजारमा आज ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार भएका कम्पनीमध्ये हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा छ, जसको ६९ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
हिमालयन रिइन्स्योरेन्स – ६९ करोड १९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी – ४७ करोड ८४ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर – ३९ करोड ६८ लाख रुपैयाँ,सीईडीबी होल्डिङ्स – २४ करोड १० लाख रुपैयाँ,गार्डियन माइक्रो लाइफ – १७ करोड ९४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावर – १४ करोड ६७ लाख रुपैयाँ, छ्याङ्दी हाइड्रोपावर – १३ करोड ८४ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक – १३ करोड ४७ लाख रुपैयाँ, घलेम्दी हाइड्रो – १३ करोड ७ लाख रुपैयाँ, हिमालयन पावर पार्टनर – १२ करोड रुपैयाँ आज उच्च कारोबार भएका १० कम्पनी हुन्।