नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ। गत शुक्रबारको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ रहेकोमा यस दिन ६०० रुपैयाँ वृद्धि भएको हो। त्यस्तै, चाँदीको मूल्य भने घट्दै २ हजार २५ रुपैयाँ मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो।