कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य तोकिएको छ।

तरकारीतर्फ गोलभेँडा (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा (भारतीय) रु ५०, आलु रातो रु ३५, प्याज (भारतीय) रु ५२, गाजर (लोकल) रु ४५, बन्दा (लोकल/तराई) रु १५, काउली (स्थानीय) रु ४०, मूला रातो रु ५०, भन्टा लाम्चो रु ३०, तने बोडी रु ८०, मटरकोसा रु ७०, घिउ सिमी रु ६०, टाटे सिमी रु ७०, तितो करेला रु १००, लौका रु ६०, भिण्डी रु ११०, च्याउ (डल्ले) रु २५० तथा कुरिलो रु ६०० प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, अनार रु ३५०, अङ्गुर (कालो) रु २५०, सुन्तला (भारतीय) रु २५०, तरबुजा हरियो रु ७०, जुनार रु २००, काँक्रो (लोकल) रु ६०, नासपाती (चाइनिज) रु २६०, मेवा (भारतीय) रु १२०, किबी रु ४५०, आभोकाडो रु ६५० तथा अमलाको मूल्य प्रतिकिलो रु ९० तोकिएको छ।

यसबाहेक, अदुवा रु १२०, लसुन (नेपाली) रु ३००, खुर्सानी हरियो (अकबरे) रु २५०, छ्यापी हरियो रु ६०, राजा च्याउ रु ३०० तथा सिताके च्याउ रु ८०० प्रतिकिलो निर्धारण गरिएको छ।