गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सर्वसाधारण तर्फबाट नयाँ सञ्चालक नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्यारेन्स लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व भएको छ। कम्पनीको चैत्र ११ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारण तर्फबाट दुई जना सञ्चालक नियुक्त गरेको हो।

नवनियुक्त सञ्चालकहरूमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ रहेका छन्। कम्पनीले केही समयअघि मात्र सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो। हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता २,२९० रुपैयाँ रहेको छ।