काठमाडौंमा कर्फ्यू आदेश जारी: आज राति १० बजेसम्म कडा सुरक्षा व्यवस्था

काठमाडौँ  संयुक्त जनआन्दोलन समिति र समाजवादी मोर्चाले आयोजना गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज अपराह्न ४:२५ बजेदेखि राति १०:०० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा काठमाडौं महानगरपालिकाभित्र तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ वा आवत-जावत गर्न प्रतिबन्ध लगाइएको छ।