थाइल्यान्ड र म्यान्मामा ७.७ म्याग्निच्युडको भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

काठमाडौं । थाइल्यान्ड र म्यान्मामा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार शुक्रबार दिउँसो म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा भूकम्प गएको थियो, जसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको थियो।

भूकम्पका कारण म्यान्माको राजधानी न्यापिडोमा सडक र भवनहरू ध्वस्त भएका छन् भने थाइल्यान्डको बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन् र केही मेट्रो तथा लाइट रेल सेवा निलम्बित गरिएको छ। भूकम्पको धक्का चीनको युनान प्रान्तमा पनि महसुस गरिएको छ। थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले भूकम्पपछिको परिस्थितिबारे आकस्मिक बैठक बोलाएकी छन्। हालसम्म कुनै मानवीय क्षतिको पुष्टि नभए पनि, विशेषज्ञहरूका अनुसार म्यान्माका तीव्र विकास भएका सहरहरू कमजोर सहरी योजनाका कारण भूकम्पजस्ता विपत्तिप्रति असुरक्षित छन्। -एजेन्सी