
काठमाडौं । काठमाडौंको सडकमा आज (शुक्रबार) राजतन्त्र पक्षधर र गणतन्त्र समर्थकहरू आ–आफ्नो शक्ति प्रदर्शन गर्दैछन्। राजावादी पक्षले तीनकुने केन्द्रित प्रदर्शनको तयारी गरेको छ भने समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछ।
संभावित भिडन्तलाई रोक्न नेपाल प्रहरीले ६ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। प्रदर्शनस्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदर्शन शान्तिपूर्ण राख्न काठमाडौँ जिल्ला प्रशासनले कडा निगरानी गरिरहेको छ। राजतन्त्र र गणतन्त्रबीचको शक्ति सन्तुलनको रूपमा हेरिएको यो प्रदर्शनले राजनीतिक माहोल तातेको छ।