आज दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, जलस्रोत विधेयक, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, सहकारी ऐन संशोधन विधेयक, र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।