युनाइटेड अजोड इन्स्योरेन्सका साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहका २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा राखेको छ। बिक्रीमा राखिएका शेयरमध्ये संस्थापक शेयरधनी सन्दीप खेतान र जुली चाचानका क्रमशः ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता, महेन्द्रकुमार गोयलका ८२ हजार ५९२ कित्ता तथा ज्योति कुमारी सरावगीका २४ हजार ६०२ कित्ता शेयर रहेका छन्।

बिक्रीका लागि खेतान र चाचानको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ, गोयलको १६३.९० रुपैयाँ तथा सरावगीको १६३.५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि यी शेयर संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर बिक्री खुला गरिएको थियो। तर, संस्थापक समूहबाट खरिदका लागि निवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।