स्वयम्भूबाट अवैध सुन गहना सहित एक जना पक्राउ

काठमाडौँ । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहना सहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको पहिचान नुवाकोटको विदुर नगरपालिका-५ का दिपेशलाल चित्रकारको रूपमा भएको छ, जो हाल काठमाडौँको कलंकी क्षेत्रमा बसोबास गर्दै थिए। प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका-१५ स्थित आनन्दकुटीबाट पक्राउ गरेको हो।