
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको । सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर बोनस सेयर सूचीकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत दरको कुल १२ लाख ५२ हजार ८४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७ कित्ता र सुपरमाई हाइड्रोपावरको ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।