नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । हिजो भारी अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४०.४७ अंकले बढ्दै २,६२३ को विन्दुमा कायम भएको छ। आज २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ।

आज ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ, जसको मूल्य ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँ तथा गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन्। बुद्ध भूमि नेपालका लगानीकर्ताले ५.५५ प्रतिशत र आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले ५.३३ प्रतिशतले नाफा कमाएका छन्। त्यस्तै, सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। उनीहरूले ७.२७ प्रतिशतका दरले घाटा ब्यहोरेका छन्।