सत्तारुढ दलहरुको निर्णय: भूमि सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं। सत्तारुढ दलहरुले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन्। बुधवार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे का अनुसार चैत्र १८ गतेभित्र प्रमाणीकरण हुनुपर्ने कानूनी व्यवस्था रहेकाले सो समयभित्र सम्भावना नदेखिएकाले अध्यादेश फिर्ता लिइने भएको हो। सरकारले अध्यादेशलाई नियमित विधेयकका रूपमा संसदमा पेश गर्ने र सत्तारुढ दलहरूको सुझावसमेत समेटेर अघि बढाउने निर्णय गरेको छ।