
काठमाडौँ । संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले छलफलपछि विधेयक अनुमोदन गरेको हो। बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथि व्यापक बहस भएको थियो। समितिका सभापति सन्तोष चालिसेले बैठकको निर्णय सुनाउँदै विधेयक अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिए।
समितिमा लामो समयदेखि भन्सार कानून संशोधन तथा एकीकरण विधेयकमाथि छलफल भइरहेको थियो। अन्ततः आजको बैठकले छलफलसहित विधेयक पारित गरेको हो। सभापति चालिसेले विधेयकलाई सुझावसहित पारित गरिएको बताए। अब प्रतिनिधि सभामा प्रस्तुत गर्नका लागि सभामुखसँग समय माग गरिने उनले जानकारी दिए। संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले छलफलपछि विधेयक अनुमोदन गरेको हो। बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथि व्यापक बहस भएको थियो। समितिका सभापति सन्तोष चालिसेले बैठकको निर्णय सुनाउँदै विधेयक अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिए।
समितिमा लामो समयदेखि भन्सार कानून संशोधन तथा एकीकरण विधेयकमाथि छलफल भइरहेको थियो। अन्ततः आजको बैठकले छलफलसहित विधेयक पारित गरेको हो। सभापति चालिसेले विधेयकलाई सुझावसहित पारित गरिएको बताए। अब प्रतिनिधि सभामा प्रस्तुत गर्नका लागि सभामुखसँग समय माग गरिने उनले जानकारी दिए।