सञ्चालक बस्न्यातको बिदाइ, हिमालयन डिस्टिलरीले राजीनामा स्वीकृत गर्यो

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्रकुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । उक्त कम्पनीको चैत १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनले आफ्नो स्वास्थ्य कारण देखाउँदै चैत ८ गते शुक्रबार सञ्चालक समितिसमक्ष राजीनमा पेस गरेका थिए ।