हकप्रद निष्काशनको बाटो खुल्यो, माई खोलालाई विद्युत नियमन आयोगको अनुमति

काठमाडौं। विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ। आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरका ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।