आज सुनको मूल्य पुनः घट्यो, नयाँ कारोबार दर कति?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। गत आइतबार कायम भएको मूल्यलाई नै आधार मानेर आज चाँदी कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ।