नारद लुँइटेल नेप्सेका नयाँ सीईओ नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले  जानकारी दिए ।