सरकारले कुलमान घिसिङलाई पदबाट हटायो

काठमाडौं  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको छ।

यसअघि, सरकारले किन पदबाट नहटाउने भन्दै घिसिङसँग स्पष्टीकरण मागेको थियो। उर्जा मन्त्रालयले पनि उनलाई पटक-पटक स्पष्टीकरण सोधेको थियो। २०७८ साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको कार्यकाल २०८२ साउन २४ सम्म रहने थियो, तर सरकारको निर्णयले कार्यकाल पूरा हुनुअघि नै उनलाई हटाइएको हो। अचानक गरिएको बर्खास्तीप्रति घिसिङ असन्तुष्ट रहेका छन्, र उनले अदालत जाने तयारी गरेको बताइएको छ।