सेयर बजारमा सुधार: नेप्से ३०.५२ अंकले उकालो, ४ अर्ब ४८ करोडको कारोबार

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार सोमबार सुधार हुँदै ३०.५२ अंक (१.१६%) ले बढेर नेप्से परिसूचक २६४५.२० बिन्दुमा पुगेको छ। कारोबार अवधिभर ९७ करोड ३९ हजार ७३८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ। ६ दिनको गिरावटपछि बजारमा हरियाली देखिए पनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ।

सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ। गार्डीयन माइक्रो लाइफ, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, स्वेत गंगा हाइड्रोपावर र रिलायन्स लाइफको मूल्य बढेको छ भने अपर हेवाखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा ३२ करोड ६९ लाख ७७ हजार रुपैयाँ कारोबारसहित हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा रह्यो भने सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा कम्पनी, गार्डीयन माइक्रो लाइफ र सिन्धु विकास बैंक पनि प्रमुख कारोबार कम्पनीहरूमा परे।