सुनको भाउमा गिरावट, आजको कारोबार दर कति छ?

काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार ९०० रुपैयाले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एक तोला चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।