ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौँ  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि मंगलबार, चैत्र १२ गते बिहान ९ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले गोलाप्रथामार्फत बाँडफाँट गर्ने तयारी गरेको हो।

कम्पनीले फागुन २७ देखि चैत्र ३ गतेसम्म १४.७६ लाख कित्ता शेयर निष्कासन गर्दा १९.८५ लाख आवेदकबाट २.३६ करोड कित्ताको आवेदन परेको थियो, जुन मागभन्दा १६.०२ गुणा बढी हो। यस अनुसार, १.४७ लाख आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन्।

चितवनको जुगेडीमा कारखाना रहेको यस औषधि उत्पादन कम्पनीमा गैरआवासीय नेपालीको समेत लगानी छ। कम्पनीको अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।