शेयर बजारमा गिरावटको असर: यी ५ कम्पनीले सर्वाधिक गुमाए

काठमाडौँ । आइतवार शेयर बजार भारी गिरावट भएको छ । शेयर बजार ५४.६२ अंकले घटेर २,६१४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ३२ करोडको कारोबार भएको हो ।उच्च अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यी कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् । सदिन सायापात्री हाइड्रोपावरका लगानीकर्ताले ७.३४ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.८७ प्रतिशतका दरले गुमाएका छन् ।त्यसैगरी माथिल्लो सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले ६.८३ प्रतिशतका दरले गुमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।