
काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको भाउ तोलमा २२ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कायम भएको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।