
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १५ अंकले बढेर २,८१५ को विन्दुमा कायम भएको छ । आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनकिो घटेको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस कम्पनीको शेयर कारोबारमा आएको पहिलो दिनबाटै नै सकारात्मक सर्किट लाग्दै आइरहेको छ । अपर हेवाखोलाका लगानीकर्ताले पनि १० प्रतिशतका दरले नै कमाएका छन् । सिन्धु विकास बैंक र दोर्दी खोलाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।