
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद शेयर ल्याउन अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।