आज सुनको मूल्यमा गिरावट, किनबेच दर कति पुगेको छ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो। आज सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ  रहेको थियो। चाँदीको मूल्य भने सामान्य बढेको छ। बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।