
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो। आज भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको महासंघले बताएको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ।