
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलवमव १३ अंकले बढेर २,७६५ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनी दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनबाटै आजसम्म सकारात्मक सर्किट लागिरहेको छ ।
आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल ल्युब ओयलका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।