प्रि ओपन सेसन : सामान्य अंक बढ्यो नेप्से

काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३२ अंक बढेर २७५९.०७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ स्टकको ११७ पटकको कारोबारमा ४ करोड ६६ लाख ५४ हजार ६४ रुपैयाँ ३० पैसाबराबरको ५३ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।