
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा दाेस्राे दिनसम्म ६.८२ गुणा बढी माग आवेदन भएकाे छ । साेमबारसम्ममा कम्पनीकाे आइपीओमा ९ लाख ६५ हजार २२१ जनाकाे आवेदन परेकाे हाे।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साेमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा इन्स्याेरेन्सकाे आईपीओमा एक कराेड २५ लाख ९६ हजार ५४० कित्ता बराबर एक अर्ब २५ करोड ९६ लाख ५४ हजार रुपैयाँको आवेदन दिएका हुन् ।
उक्त आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आइतबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो । उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।