
काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३५ अंकले बढेर २,७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै गार्डिन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।