
काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा बन्द भएको हो। नेप्से परिसूचकमा रहेका १३ वटा समूहमध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। अन्य समूह सर्वाधिक २.५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।
बजारमा ९० वटा कम्पनीको शेयरभाउ बढ्दा १४५ वटाको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
हिमालयन रिइन्स्योरेन्सः ८९ करोड ३५ लाख रुपैयाँ
नेपाल पुनर्बीमा कम्पनीः ८० करोड ६७ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः ४४ करोड ९४ लाख रुपैयाँ
घलेम्दी हाइड्रोः ३८ करोड ९७ लाख रुपैयाँ
सीईडीबी होल्डिङ्सः ३१ करोड ३३ लाख रुपैयाँ
एचआईडीसीएलः ३१ करोड २ लाख रुपैयाँ
निफ्राः २५ करोड २८ लाख रुपैयाँ
नेपाल हाइड्रोः १८ करोड २३ लाख रुपैयाँ
छ्याङ्दी हाइड्रोपावरः १५ करोड ९९ लाख रुपैयाँ
एचआईडीसीएलपीः १५ करोड ८८ लाख रुपैयाँ