
काठमाडौं । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने छन्।इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलमा दिन सकिने छ।