सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ  नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हाे भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।